विश्वकप फाइनल :  १०० रन नपुग्दै भारतका ३ खेलाडी आउट



काठमाडौँ। 

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटकाे फाइनलमा अस्ट्रेलियासँगकाे खेलमा भारत दबाबमा देखिएको छ ।

हैदराबादमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे भारतले १०० रन नजाेड्दै ३ विकेट गुमाएकाे छ । भारतका कप्तान रोहित शर्मा ४७, शुभमन गिल र श्रेयस अय्यर समान ४ रनमा आउट भए । अहिले क्रिजमा विराट काेहली र केएल राहुल छन् ।

काेहली ३४ र राहुल १० रन बनाएर खेलिरहेका छन् । १६ ओभरकाे खेल सकिँदा भारतले ३ विकेट गुमाएर १०१ रन बनाएकाे छ ।

 

 

प्रतिक्रिया दिनुहोस्