इजरायल चेकपाेष्टमा गोली हानाहान, तीनको मृत्यु, ७ घाइते

0
Shares

जेरुसलेम ।

जेरुसेलम नजिकै गोली चल्दा तीन आक्रमणकारी मारिएका छन् ।

 इजरायली प्रहरीका अनुसार जेरुसेलम नजिकैको टनेल चेकपोस्टमा गोली चलाउँदा सुरक्षा बलले तीन जना मारेका हुन् ।

इजरायली प्रहरीका अनुसार आक्रमणकारीहरू संदिग्ध गाडीमा आएका थिए र उनीहरुले एकाएक इजरायली सेनालाई लक्षित गरेर गोली चलाएका थिए । जवाफमा इजरायली सेनाले उनीहरुमाथि कारबाही गरेको हो । जुन कारबाहीमा परी ३ जना मारिएका छन ।

प्रहरीका अनुसार सो क्रममा सात जना घाइतेसमेत भएका छन् ।