कोइला खानी भवनमा आगलागी हुदाँ ११ जनाको मृत्यु

0
Shares

बेइजिङ ।

चीनमा आगलागीमा परी ११ जनाको मृत्यु भएको छ ।

चीनको लुलियाङ प्रान्तको शान्सी प्रान्तमा रहेको एक कोइला कम्पनीको भवनमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको हो  ।

यो घटना स्थानीय समय अनुसार बिहान करिब ७ बजेको हो।

उक्त घटनापछि हालसम्म भवनबाट ६३ जनालाई बाहिर निकालिएको छ, जसमध्ये ५१ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

घटनास्थल नजिकै उद्धार कार्य जारी छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ ।