एम बराल २५ वर्षपछि एकल साँझमा



लोकप्रिय गायक एम बराल करिब २५ वर्षपछि एकल साँझमा प्रस्तुत भएका छन्। हालै राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एकल साँझमा एमले स्टेजमा प्रवेश गर्दै आपूmलाई पहिचान दिलाउने सुपरहिट गीत बादलुको घुम्टोले इलाम बजार छोपिँदा गाएपछि हलमा तालीको पर्रा छुट्यो। हलको पछाडिको ढोकाबाट गीत गाउँदै दर्शक दीर्घाबाट स्टेजतर्पm लाग्ने क्रममा उनले आपूmलाई चिनाउने सो गीत गायनलाई पनि निरन्तरता दिए। दर्शकले भने हुटिङ र तालीले स्वागत गर्दैै साथ दिए।

लाइन्स क्लब अफ काठमाडौं सिद्धार्थ एभरग्रिनले आयोजना गरेको यम बराल ः हिस्टोरिकल सोलो लाइभ इन कन्सर्ट उनीसँगै हातमा झण्डा फहराउँदै उनका छोरा आरोग्य पनि स्टेज चढेका थिए। गीतको बीचमै गायक बराल भावुक पनि बन्न पुगे। ‘जाजरकोटमा भूकम्प गएर देश रोइरहेको बेला पनि एउटा कलाकारको सम्मानका लागि यहाँहरू उपस्थित भइदिनुभयो। यो कार्यक्रम पूर्वनिर्धारित थियो। यसैले गर्नै प¥यो। भूकम्पका कारण ज्यान गुमाउनु हुनेप्रति हार्दिक श्रद्धाञ्जलि। शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना’ बरालले भावुक हुँदै भने ‘यो शोकलाई संगीतमार्फत हामी शक्तिमा बदल्नेछौँ।’

बरालले बादलुको घुम्टोलेपश्चात् दिलमाया दिलमाया, अब चोटहरूले पिरोल्दैन मलाईजस्ता आप्mना थप हिट गाएर दर्शकलाई भावुक बनाए। अल्लारे फिल्मको सो गीतमा अभिनय गर्ने क्रममा अभिनेता राजेश हमालले ग्रिलिसिनसमेत प्रयोग नगरी भावुक भएर अभिनय गरेको सम्झना पनि बरालले सुनाए। ‘यो गीतमा अभिनय गर्ने क्रममा महानायक राजेश हमालजी गिलसिरिन नलगाई रुनुभएको थियो। भिडिओमा हेर्दा साँच्चै उहाँले नै गाएको जस्तै देखिएको पनि छ’ बरालले सुनाए।

मन रहे पो माया प्रीति, नछोएरै पनि छोएजस्तो, निष्ठुरीले छाडेर गइहाली जस्ता गीतबाट दर्शकलाई संगीतमा झुलाएका बरालले एक दर्जन बढी युगल गीत सुनाए। गायनमा उनलाई लोकप्रिय गायिका देविका बन्दनाले साथ दिइन्। सँगसँगै संगीतकार शम्भुजीत बासकोटालाई मञ्चमा बोलाएर आपूmसँगै गीत गाउन पनि लगाए।

कार्यक्रमको अन्त्यतिर गायक बराललाई गायिका अनु अधिकारीले युगल गायनमा साथ दिएकी थिइन्। एमले अनुका साथ उड्दै छौ कि बस्यौ कतै, हेर हेर पूर्वबाट झुल्किएछ घाम, माया बस्यो मुटुमाजस्ता गीत गाएर दर्शकलाई मोहित तुल्याए। कार्यक्रमको अन्तिममा भने उनले आपूm निर्माता रहेको फिल्म भैरेको सनम माया लाको गीत प्रस्तुत गरेर दर्शक नचाएका थिए। एकल साँझमा संकलित रकमबाट धादिङको एक विद्यालय र क्यान्सरपीडित गायिकालाई सहयोग गर्ने घोषणा गरिएको छ। सामाजिककार्यअन्तर्गत क्यान्सर पीडित गायिका जमुना थापाको उपचारार्थ पनि सहयोग गरिने जनाइएको छ। गायक बरालले हालसम्म एक सयभन्दा बढी फिल्मका लागि गीत गाइसकेका छन् भने हालसम्म एक हजारभन्दा बढी गीत गाएका छन्।

 

प्रतिक्रिया दिनुहोस्