न्यूरोड नेपाली जुत्ताघरको उद्घाटन

0
Shares

काठमाडौँ। 

नेपाली जुत्ता चप्पल उत्पादक समूहद्वारा “नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान” भन्ने मुख्य नारा सहित नेपाली ब्राण्डका जुत्ता चप्पलको सामूहिक शोरुम न्यूरोड नेपाली जुत्ताघरको उद्घाटन गरिएको छ ।

यस सामूहिक शोरुमको उद्घाटन प्रतिनिधि सभा सदस्य  लाल प्रसाद सावा लिम्बुले गरे । शोरुमका सफलताका लागि शुभकामना दिंदै  प्रतिनिधि सभा सदस्य  लिम्बुले नेपाली उत्पादनको प्रवद्र्धनका लागि सक्दो सहयोग गर्ने र नितिगत रुपमा सिङ्गो उत्पादन क्षेत्रलाई अगाडी बढाउनका लागि महत्त्वपूर्ण भूमिका निभाउने  बताए । साथै उद्योगमार्फत रोजगारी सिर्जना गरी आर्थिक रुपमा योगदान पुर्याउनुभएकोमा जुत्ता उत्पादक उद्योगी व्यवसायीहरूलाई धन्यवाद ज्ञापन गरे ।
उद्घाटन कार्यक्रममा उद्योग वाणिज्य महासंघका पूर्वकार्यकारी सदस्य, वर्तमान कार्यकारी सदस्य तथा फुटवेयर व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली जुत्ता उत्पादक समूहद्वारा सामूहिक शोरुम अवधारण अन्तर्गत खोलिएको यस न्यूरोड नेपाली जुत्ताघर चौथो शोरुम हो । यस अघि पोखरा, बुटवल र जनकपुरमा तिनवटा सामूहिक शोरुमको उद्घाटन गरिसकेको छ । साथै आगामी दिनमा देशभरका विभिन्न स्थानहरुमा नयाँ शोरुमहरु खोल्ने र उपभोक्ताहरुलाई गुणस्तरीय उत्पादनहरु उपलब्ध गराउने जानकारी गराए ।

न्यूरोड नेपाली जुत्ता घरमा वि.एफ डियर हिल र वि.एफ स्पोट, क्रस रोड, –रोयल सुज, फस्टवाक सुज, डि.जे. सुज, कोसेली सुज, रन सुज र स्मार्ट सुज गरी ८ वटा ब्राण्डका आधुनिक तथा गुणस्तरीय जुत्ता चप्पलहरू आकर्षक छुटमा उपलब्ध रहेका छन् ।