उर्फी प्रहरीले पक्राउ गरेको भिडियोपछि कानुनी झमेलामा

0
Shares

बलिउड मोडल उर्फी जावेद पछिल्लो समय अन्तरंग पहिरन र फोटोसुटका कारण चर्चामा रहने गर्छिन्। यसपटक भने उनी प्रहरीले पक्राउ गरेको भिडियोका कारण चर्चामा छिन्।

शुक्रबार सामाजिक सञ्जालमा एक भिडियो भाइरल भयो। जुन भिडियोमा रेस्टुरेन्टमा बसिरहेकी उर्फीलाई प्रहरीको भेषमा आएका महिलाले पक्राउ गरेर भ्यानमा हाल्छन्। उर्फी भने आफूलाई किन पक्राउ गरेको भन्दै प्रश्न सोधिरहेकी हुन्छिन्। ती महिलाले चौकीमा नै गएर कुरा गर्ने भन्दै लान्छन्।

सो भिडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै छोटो कपडा लगाएका कारण उर्फी पक्राउ परेको खबर बलिउडभरि फैलन्छ। तर, वास्तवमा उर्फी आफंैले आफूलाई पक्राउ परेको भिडियो बनाएकी हुन्। भारतीय सञ्चार माध्यममा अनुसार उर्फीले प्रयांक भिडियो बनाएकी हुन्। यो भिडियो बाहिरिएपछि उर्फी वास्तवमै कानुनी झमेलामा चाहिँ फसेकी छन्।

मुम्बई प्रहरीले उर्फीविरुद्ध प्रहरी प्रशासनको बदनाम गरेको भन्दै एफआरआई दर्ता गरेको समाचारमा उल्लेख छ। आजतकको अनलाइन संस्करणमा जनाइएअनुसार हाल उक्त विषयमा छानबिन र सोधपुछ भइरहेको छ भने भिडियोमा प्रयोग गरिएको गाडी जफत गरिएको छ।