भाटभटेनी सुपरमार्केटले भूकम्प पीडितलाई एक करोड ११ लाख ११ हजार १११ सहयोग गर्ने

0
Shares

काठमाडौँ।

भाटभटेनी सुपरमार्केटले जाजरकोट भूकम्पमा परेका नागरिकको उद्धार, उपचार तथा व्यवस्थापनका लागि एक करोड ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

विपदमा परेका नागरिकको उद्धार सरकारको पहिलो प्राथमिकता भएको र पीडित नागरिकलाई भाटभटेनीका तर्फबाट सहयोगको घोषणा गरिएको भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले बताए।

उनका अनुसार घोषणा गरिएको रकम सरकारी राहत कोषमार्फत् प्रदान गरिने भएको छ । साथै गुरुङले यसबाहेक खाद्यान्नसहित अन्य कुनै प्रकारका सहयोग आवश्यक परेमा आफूहरुले उपलब्ध गराउने प्रतिवद्धता पनि जनाए ।