घ्याङलेख गाउँपालिकाले जाजरकोट भूकम्प पीडितलाई ५ लाख रुपैयाँ सहयोग गर्ने 

0
Shares

सिन्धुली । 

सिन्धुलीको घ्याङलेख गाउँपालिकाले जाजरकोट भूकम्प पीडितलाई ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । आज घ्याङलेख गाउँपालिकाका अध्यक्ष जगत बहादुर भोलन, उपाध्यक्ष शंकरमान घलान र प्रमुख प्रशासकीय अधिकृत राम कुमार कार्कीसहित बसेको आकस्मिक बैठकले जाजरकोट भूकम्प पीडितलाई ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको उपाध्यक्ष घलानले जानकारी दिए ।

 केन्द्रीय सरकार मार्फत जाजरकोट भूकम्प पीडितलाई सहयोग रकम उपलब्ध गराइने प्रमुख प्रशासकीय अधिकृत राम कुमार कार्कीले जानकारी दिए ।