प्रधानमन्त्री प्रचण्ड जाजरकोटमा

0
Shares

काठमाडौँ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित जिल्ला जाजरकोट आइपुगेका छन्  ।

प्रधानमन्त्री  प्रचण्डले भूकम्प प्रभावित जाजरकोटमा पुगेर त्यहाँको स्थलगत अवस्थाको बारेमा अवलोकन गरी स्थानीय प्रशासनसँग थप जानकारी लिएका छन् ।

घाइतेको उद्धार, तथा पीडितहरूका लागि राहतको व्यवस्था गर्ने बारेमा प्रधानमन्त्री प्रचण्डले प्रमुख जिल्ला अधिकारी सुरेश सुनारसँग जानकारी लिएका हुन् ।

प्रधानमन्त्री स्वास्थ्यकर्मी सहितको टोली लिएर शनिवार बिहानै जाजरकोट पुगेका थिए।

शुक्रबार राति ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ठुलो मानवीय क्षति मात्र नभएर करोडौँको धनमाल समेतमा क्षति पुर्‍याएको छ ।

भूकम्पमा परी १२८ जनाले ज्यान गुमाई सकेका छन् भने सयौँको सङ्ख्यामा घाइते भएका छन् ।