भूकम्प अपडेट : जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु, ७० जना घाइते

0
Shares

काठमाडौं ।

जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका डिएसपी शैलेन्द्र थापाले उक्त जानकारी दिएका हुन् ।

त्यस्तै, डिएसपी थापाका अनुसार पश्चिम रुकुममा ३६ जनाको मृत्यु भएको छ । बिहान ७ः१५ बजेसम्म जाजरकोट र पश्चिम रुकुममा गरी १२८ जनाको भूकम्पमा परेर ज्यान गएको डिएसपी थापाले बताए ।

त्यस्तै भूकम्पमा परेर जाजरकोटमा ७० जना र पश्चिम रुकुममा ८५ जना घाइते भएको सशस्त्र प्रहरीले जनाएको छ । घाइतेहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको डिएसपी थापा बताउँछन् ।

भूकम्पले आश्रिम गुल्म जाजरकोटमा आशिंक क्षति समेत पुर्याएको छ । सोही गुल्म जाजरकोटबाट सशस्त्र प्रहरी नायब उपरीक्षक विकास थापाको कमाण्डमा ६७ जना टोली उद्दारमा खटिएको छ ।

यता, पश्चिम रुकुममा उद्दारको लागि ४७ नम्बर गुल्म पश्चिम रुकुमबाट ससस्त्र प्रहरी निरीक्षक झक्कु प्रसाद शर्माको कमाण्डमा २४ जनाको टोली खटिएको डिएसपी थापाले बताए ।

यता भूकम्पको धक्काले घर भत्किँदा रोल्पामा एकजना घाइते भएका सशस्त्र प्रहरीले जनाएको छ ।