रुकुमको सानोभेरीमा एकैघरका चारसहित १० जनाको मृत्यु

0
Shares

काठमाडौँ।

रुकुम (पश्चिम)को सानोभेरी गाउँपालिकामा भूकम्पबाट एकैघरका चारजनासहित अहिलेसम्म १० जनाको मृत्यु भएको छ ।

गाउँपालिकाका अध्यक्ष विर्खबहादुर विष्टका अनुसार अहिलेसम्म १० जनाको मृत्यु पुष्टि भएको छ।

अझै मृतकको संख्या बढ्न सक्ने उनले बताए।

उनका अनुसार अहिलेसम्म कम्तीमा ५० जना घाइते भएको पुष्टि भएको छ । तीमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ ।
। घाइतेहरूको स्थानीय अस्पताल र जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घरहरू क्षतिग्रस्त छन्।