धर्मेन्द्र बास्तोला धरौटीमा रिहा



काठमाडौँ।

नेकपा क्रान्तिकारी कम्युनिष्ट पार्टीका प्रवक्ता धर्मेन्द्र बास्तोला रिहा भएका छन् । सवारी ज्यान मुद्दामा प्रहरी हिरासतमा रहेका बास्तोला ७० हजार धरौटीमा रिहा भएका हुन् ।

दाङ जिल्ला अदालतले शुक्रबार थुनछेक बहसमा बास्तोलालाई धरौटीमा छोड्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दाङकी जिल्ला न्यायाधीश ताराकुमारी शर्माको एकल इजलासले बास्तोलालाई रिहा गर्न आदेश दिएको हो । एसपी केसीका अनुसार धरौटी राखेर बास्तोला शुक्रबार नै छुटेका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ सिङ्गे नजिकै बास्तोलाले चलाएको बा९च ७१९८ नम्बरको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ का २९ वर्षीय बसन्तराम चौधरीको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्