मिटरब्याज धन्दामा संलग्न एक जना पक्राउ

0
Shares

जनकपुरधाम ।

मिटरब्याज धन्दा चलाएको आरोपमा महोत्तरी प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा महोत्तरीको लोहरपट्टी नगरपालिका- ३ महदैयाका सियाराम यादव रहेको प्रहरीले जनाएको छ।

यादवलाई इलाका प्रहरी कार्यालय लोहरपट्टीको टोलीले घरबाटै पक्राउ गरेको हो। उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय लगिएको छ।