कलाकर्मीलाई कालो झोला सम्मान



मैतीदेवी मिडियाद्वारा सञ्चालित कालो झोला डटकमको दोस्रो वार्षिकोत्सवको अवसरमा राजधानीमा आयोजित एक समारोहबीच नेपाली कलाकारिता, पत्रकारिता, गीत संगीतलगायतका विविध क्षेत्रका व्यक्तित्वलाई सम्मान गरिएको छ।

सो अवसरमा फिल्म निर्देशक तथा अभिनेत्री, दीपाश्री निरौला, संगीतकार बीपी वाग्ले, पत्रकार कृष्णमुरारी भण्डारीलगायत विभिन्न क्षेत्रका व्यक्तित्वलाई कालो झोला विशेष सम्मान २०८० बाट सम्मानित गरिएको हो। कार्यक्रममा प्रमुख अतिथि प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्