स्रोत नखुलेको १६ लाख भन्दा  बढी रकमसहित युवक पक्राउ



नवलपरासी।

पश्चिम नवलपरासी प्रहरीले स्रोत नखुलेको रकम सहित स्थानीय एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय पाल्हिनन्दन २ हरपुरका २५ वर्षीय युवक इमरान खान रहेको जिप्रका नवलपरासी पश्चिमका सूचना अधिकारी प्रनाउ रेशम बाेहराले बताए ।

प्रहरीले विशेष सूचनाका आधारमा परासी महेशपुर सडककाे उजैनीमा सवारी राेकी चेकजाँच गर्दा माेटरसाईकलमा सवार खानकाे साथबाट स्रोत नखुलेको नगद रकम बरामद गरेको हो ।

खानकाे साथबाट बरामद १ हजार दरकाे ७ सय थान र ५ सय दरकाे १ हजार ९ सय थान गरी १६ लाख ५० हजार नेपाली रूपैयाँ सहित खानलाई नियन्त्रणमा लिई भैरहवा भन्सार पठाउने तयारी गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्