नदीमा डुबेर युवक बेपत्ता

0
Shares

नवलपरासी। 

पूर्वी नवलपरासीकाे पिठाैली स्थित नारायणी नदीमा डुबेर स्थानीय एक युवक बेपत्ता भकाएछन् ।नदीमा डुबेर बेपत्ता हुनेमा कावासाेती ७ का ४० वर्षीय खेमनारायण महताे रहेकाे जिप्रका नवलपरासी पूर्वका सूचना अधिकृत प्रनाउ वेदबहादुर पौडेलले बताए ।

छिमेकीकाे मलामी गएका महताे अपराह्न नदीमा नुहाउने क्रममा  एकाएक बेपत्ता भएका थिए ।

बेपत्ता महताेकाे जनपद, सशस्त्र तथा नेपाली सेना तथा स्थानीय सहितको टोलीले हात्ती र रबर बोटको सहायताले खोजी कार्य गरिरहेको छ ।