दुई रन बनाएर सन्दीप लामिछाने आउट



काठमाडौँ।

आईसीसी टी–ट्वेन्टी विश्वकप एसिया छनोटमा नेपालका सन्दीप लामिछाने दुई रन बनाएर आउट भए । ओमानले नेपाललाई दिएको १४६ रन लक्ष्य पछ्याउने क्रममा नेपालको फितलो प्रदर्शन भएको छ।

यस अघि सन्दीप जोरा १२ रन बनाएर आउट भए। यो भन्दा अघि गुलशन झा ३ रन बनाएर आउट भए। यसअघि कुशल मल्ल १० रन बनाएर आएट भए। यस्तै, कप्तान रोहित पौडेल १२ रन बनाएर आउट भएका थिए।

यसअघि सोमपाल कामी १२ रन र कुशल भुर्तेल २६ रन आउट भए। यस्तै, ओपनर आशिफ शेख ५ रन बनाएर आउट भए।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १ सय ४५ रन बनायो। ओमानका लागि कप्तान जाहिन मक्सुदले सर्वाधिक ३२ रन बनाए। निशान खुसीले २५ रन बनाउँदा ओपनर प्रतिक अथाव्ले २४ रनमा आउट भए।

नेपालका करण केसीले ३ तथा सन्दीप लामिछाने र सोमपाल कामीले दुई दुई विकेट लिए। अविनाश बोहोरा र गुल्सन झाको नाममा एक एक विकेट रह्यो।

प्रतिक्रिया दिनुहोस्