एक्सिस ब्यान्डले ४ शहरमा कन्सर्ट गर्दै



लोकप्रिय सांगीतिक समूह एक्सिस ब्यान्डले देशका प्रमुख चार सहरमा कन्सर्ट गर्ने भएको छ।
एक्सिस नेपाल टुर नाम दिइएको ब्यान्डको ललितपुर, भक्तपुर, दमक र काठमाडौंमा कन्सर्ट गर्न लागेको हो। ब्यान्डले आगामी शनिबार ललितपुरको अपटाउन झम्सिखेलबाट कन्सर्टको गर्नेछ।

पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क (पीभीई नेटवर्क) को प्रस्तुतिमा हुने कन्सर्टमा ब्यान्डले तिमी फेरि आउन, अधुरो प्रेम, मुस्कान, मेरो प्रेम, हे मोरी, सात समुन्द्र र घर गाउ“लगायतका गीत प्रस्तुत गर्नेछ। ब्यान्डले दशैं अघि पोखरा, चितवन, बुटवल र झापामा कन्सर्ट गरेको थियो।

प्रतिक्रिया दिनुहोस्