देशको वर्तमान अवस्था र राप्रपाको सक्रियता



देशको वर्तमान अवस्थालाई तत्काल विश्लेषण गर्दा देशको आन्तरिक समस्याहरुलाई सम्पूर्ण पार्टी प्रणाली एक ठाउँमा बसेर गोलमेच सम्मेलनबाट निकास दिनुपर्छ ।

सीमा समस्याको विषयमा, धर्म–संस्कृतिको विषयमा, देशको आयात–निर्यातका विषयमा, ठूला उद्योगहरुलाई माथि उठाउने विषयमा सम्पूर्ण पार्टीहरुबीच गोलमेच सम्मेलन हुनुपर्छ । यसै गरी राज्यका निकायबाट प्राविधिक शक्तिहरु परिचालन गरी आन्तरिक समस्याहरुका समाधानका लागि मुख्य सरकारी निकायहरु जिम्मेवार हुनुपर्छ । जल, जंगल मुख्य आयस्रोतको केन्द्र हो । यसमा दक्ष–अदक्ष जनशक्ति परिचालन गरी संरक्षण र प्रवद्र्धनको विकास गर्नु र गराउनुपर्छ । देशका कतिपय ठाउँमा जंगलमा काठहरु कुहिएर गइरहेका छन् । यसतर्फ सरकारी निकायको ध्यान पुग्न नसकेको देखिन्छ, ध्यान पुग्नुपर्छ । जिम्मेवार बन्नुपर्छ । यसै गरी अहिले देशमा सेनाको संख्या हटाउनुपर्छ भन्ने सुनिएको छ ।

अहिले देशमा जति सेना छन्, त्यसलाई दोब्बर बनाएर जल र जंगलमा परिचालन गर्न सकियो भने जंगलमा काठहरु कुहिएर जाने अवस्था आउने थिएन र जलमा वैदेशिक हस्तक्षेप पनि जोगाउन सकिने थियो । यसबाट देशका युवाले आफ्नै देशमा बसेर काम गर्ने अवसर मिल्ने थियो । नक्कली भूटानी शरणार्थी प्रकरणलाई हेर्दा यो देशको एउटा गम्भीर लापरबाही हो । जिम्मेवार पदमा बस्ने व्यक्तिले गैरकानुनी काम गर्दा कस्तो किसिमको सजाय दिने भनेर हाम्रो देशको कानुनमा लेखिए तापनि ठूला व्यक्तिलाई कारबाही गर्न सकेको छैन । कुनै पनि जनप्रतिनिधि राज्यको मुख्य निकायमा पुगेर देश र जनतालाई लुट्ने, ठग्ने गर्छ भने उनीहरुको तीन पुस्ताले सरकारी निकायमा बसेर कुनै पनि मुख्य निकायमा बसेर काम गर्न नपाउने गरी कानुन संशोधन गरिनुपर्छ ।

देशको मुख्य निकायमा बस्ने व्यक्तिले राष्ट्रिय स्वाभिमान र राष्ट्रिय स्वाधीनताको ख्याल गर्नुपर्ने हो । तर, नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएर ठूला व्यक्तिले नै राष्ट्रको अपमान गरेको देखिन्छ । अरुलाई बिक्री गर्दा आफ्नै परिवारका सदस्य र आफ्नै नागरिकतासमेत जालझेलमा परेको उहाँहरुले बुझ्नुभएन जस्तो देखिन्छ । यसै गरी ललिता निवास जग्गा प्रकरणले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अस्मितामाथि चोट पुगेको देखियो । ठूला नेता संलग्न भएको चर्चामा मात्र आयो । निष्पक्षरुपमा आँकलन गर्ने हो भने यस्ता प्रकरणमा जोसुकै संलग्न भएको भए पनि कानुनी दायरामा ल्याउन हिच्किचाउनुहुँदैन ।

यसै गरी नेपालमा पछिल्लो समय ६२ किलो सुन प्रकरण चर्चामा छ, ठूलो सुन तस्करी भएकाले मात्र यो प्रकरण चर्चामा आएको हो । सुन प्रकरणसँगै अन्य धेरै वस्तुहरु नेपाल भित्रिने, नेपालका वस्तुहरु विदेश पठाउने र यहाँ निर्यात भएका वस्तुहरु सडाएर, गलाएर, कुहियाउने अनि त्यसको कुनै मूल्य नहुने हुनाले नै आज नेपालका उद्योगधन्दाहरु संकटमा परेका हुन् । अब व्यापारिक सिन्डिकेट खारेज गरी देशलाई आत्मनिर्भरतर्फ उन्मुख गराउनुपर्छ ।

यसै मेसोमा भन्नुपर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) देशको मुख्य महत्वपूर्ण शक्ति हो । राप्रपाले उठाइरहेका मुद्दालाई अब सम्पूर्ण पार्टीहरुले आत्मसात् गर्दै हातेमालो गरेर अघि बढ्नुपर्ने बेला आएको छ । यदि त्यो भएन भने यो देश अन्य कुनै शक्तिको हातमा पर्नेछ र हामीसँग भएका खनिज पदार्थ, प्राकृतिक स्रोतहरु, धर्म, संस्कृति, संस्कार सबै आफ्नो पकडमा पारिदिनेछन् । देशलाई खाली कचौरा बनाएर हाम्रा पुस्तालाई हस्तान्तरण गर्नेछन् र तिनीहरुले फेरि हामीले भन्दा अझ बढी संघर्ष गर्नुपर्ने अवस्था सृजना गर्नेछन् । त्यसैले यस्ता विषय राप्रपाले उठाइरहेको छ ।

नवीन राप्रपा अभियान पुरानो सोचाइबाट माथि उठेर देशमा आमूल परिवर्तन गर्नुपर्छ भन्ने सोचाइमा अघि बढिरहेको छ । परम्परागतरुपमा हामीले गर्दै आएका कार्यहरुबाट आत्मनिर्भर हुन गाह्रो छ । समय अनुसार हिजो एक दिन लाग्ने काम आज एक घण्टाभित्र सम्पन्न गर्नुपर्नेछ । अन्तर्राष्ट्रिय जगत्ले जसरी विकासमा फड्को मारिरहेको छ, हामीले पनि हाम्रो राष्ट्रिय सम्पदा र प्राकृतिक स्रोतलाई जोगाउँदै र त्यो भन्दा अझै दुई गुणा माथि उठेर काम गर्नुपर्छ भन्ने मान्यतामा नवीन राप्रपा अभियान सञ्चालन गरिएको हो ।

यो अभियानमार्फत देशका युवा र महिलाहरुलाई राप्रपामा भित्र्याइँदै छ । खासगरी युवा र महिलालाई राप्रपामा भित्र्याउनका लागि यो अभियान सञ्चालन गरिएको छ । यो अभियानमार्फत देशभर दुई लाख सक्रिय सदस्य बनाइँदै छ । राष्ट्रिय चिन्तन भएका सम्पूर्ण राष्ट्रप्रेमी, जनसमुदायलाई नवीन राप्रपा अभियानमा सामेल गराई सानालाई माया गर्ने र ठूलालाई सम्मान गर्दै आफ्नो समयलाई कार्यक्षेत्रमा उतारेर समयको सदुपयोग गरी आर्थिक, भौतिक र राजनीतिकरुपमा सम्पन्न बनाउने अभियानमा हामी छौं ।

अध्यक्ष राजेन्द्र लिङ्देन स्वच्छ छवि भएका इमानदार राजनीतिज्ञ हुनुहुन्छ । अध्यक्ष लिङ्देनले एक रुपियाँ घूस खानु भनेको आमाको रगत खानुसरह हो भन्नुभएको छ । यही हाम्रो लागि पनि मार्गदर्शन हो । आज देश यो अवस्थामा आउनुको प्रमुख कारण भ्रष्टाचार नै हो । त्यसैले राप्रपामा राजेन्द्र लिङ्देन स्वाभिमानी नेता हुनुहुन्छ । राप्रपाभित्र मात्र होइन, बाहिर पनि उत्तिकै प्रशंसा छ, आकर्षण छ ।

यसै मेसोमा भन्नुपर्दा राजा ज्ञानेन्द्र शान्तिप्रेमी, विकासप्रेमी, राष्ट्रप्रेमी र जनप्रिय हुनुहुन्छ । त्यसै कारण उहाँलाई राष्ट्रको अभिभावकको जिम्मेवारी दिन सकियो भने यो देशमा कुनै राष्ट्रहरुबाट हस्तक्षेप सहनुपर्ने थिएन । उहाँ एउटा धर्म–संस्कृतिको संरक्षक पनि हुनुहुन्छ । हिन्दू राजाको रुपमा हिजोको दिनमा विश्वले नेपालमा राजसंस्थालाई मानेकै हो ।
यो देशमा एकातिर राजनीतिक अस्थिरता छ भने अर्कोतिर आज देशमा व्यापकरुपमा महँगी बढिरहेको छ । महँगी बढ्नुको प्रमुख कारण व्यावसायिक सिन्डिकेटबाट नै हो ।

देशमा सिन्डिकेट नियन्त्रणमा राख्न नसक्नु राज्य सञ्चालकहरुको कमजोरी हो । उपभोक्ता र उत्पादकबीचको सम्बन्ध सुमधुर नहुनुको कारण बिचौलिया प्रवृत्ति हाबी भएको हो । त्यसैले यति बेला उत्पादक र उपभोक्ता दुवै मर्कामा परेका छन् । त्यसैले राज्यले बेला–बेलामा जिम्मेवार भएर मूल्य निर्धारण गर्दै गयो भने, मूल्य सूची कायम गराई प्रत्येक नागरिकलाई वितरण गर्न सकियो भने मूल्य निर्धारण सहज हुन्थ्यो कि !

यसो त हामीले सधैँ राष्ट्रका प्रमुख व्यक्ति र पार्टीका प्रमुख व्यक्तिहरुलाई गाली गरेर मात्र हुँदैन । हामी आफूले केही गर्नुपर्छ । संघर्ष जीवन हो । दुःख साथी हो, मेहनत पूजा हो । एक–अर्काको सहयोगी बन्दै आफू आत्मनिर्भर बन्ने सोचाइमा लाग्यौँ भने हामीले एकछाक खान र लाउन कहिल्यै चिन्ता लिनुपर्दैन । मानिसको सम्पत्ति भनेको ६ चिज हुन्छ । एक नम्बरमा शारीरिक स्वास्थ्य, स्वास्थ्य सन्तुलन राख्नका लागि नियमित खानपिनमा ध्यान दिनुपर्छ । दुई नम्बरमा पारिवारिक एकता हो । ठूलालाई सम्मान गर्ने र सानालाई माया गर्ने, रोगीको सेवा गर्ने ग¥यो भने त्यो चिजलाई नियन्त्रणमा लिन सकिन्छ । तीन नम्बरमा सामाजिक इज्जत हो । समाजमा आफ्नो इज्जत उच्च राख्नको लागि समाजप्रति आफूले केही योगदान पु¥याएको र आफू पनि अनुशासनभित्र रहेर काम गरेको हुनुपर्छ ।

यसै गरी चार नम्बरमा व्यावसायिक छवि हो । यसलाई जोगाइराख्न हामीले कस्तो काम गर्दै छौं र त्यसको मूल्य कति लिँदै छौं, आफ्नो पारिश्रमिकमा रमाउने मानिस व्यावसायिक छवि भएको मानिन्छ । यसै गरी पाँच नम्बरमा आर्थिक उन्नति हो । माथि उल्लिखित चार चिजलाई जोगाइराख्न हामी आर्थिक सम्पन्न पनि हुनुपर्छ । त्यसै गरी छैटौं नम्बरमा राष्ट्रिय स्वाभिमान र स्वाधीनता नै हो ।

यो चिज हामीलाई राष्ट्रले दिने चिज हो । यो चिज आजको समयमा देशको कुनै पनि नागरिकलाई प्राप्त भएको छैन । त्यसैले पाँचै चिजमा सम्पन्नता हासिल गरे तापनि छैटौँ नम्बर भएको चिजले हामी सबै गरिबजस्ता भएका छौँ । त्यसैले हामी सबै यी कुराहरुको प्राप्तिका लागि साना–ठूला, धनी–गरिब नभनी अगाडि बढौं । एक दिन हामी सम्पूर्ण नेपालीहरु यसमा विजयी हुनेछौं ।

(लेखक धमला राप्रपाको केन्द्रीय सम्पर्क समन्वय विभाग सदस्य हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्