उर्फीलाई पहिरनका कारण धम्की

0
Shares

बलिउडमा आफ्नो अन्तरंग पहिरन र तस्वीरका कारण तरंग फैलाउने मोडल तथा अभिनेत्री उर्फी जावदेले आफ्नो पछिल्लो पहिरन र लुक्सका कारण आफूलाई ज्यान मार्ने र बलत्कारको धम्की आएको बताएकी छन्।

उर्फीले फिल्म भुलभुलैयामा अभिनेता राजपाल यादवको छोटा पण्डितको लुक्स उतारेकी छन्। जसमा पहेँलो रङको धोती र गलामा माला लगाएकी छन्। पण्डितको भेषमा सुट गरिएको सो तस्वीर सामाजिक सञ्जालमा राख्नसाथ उनको तस्वीरबारे चर्चा शुरु भएको थियो।

योसँगै उर्फीले आफूलाई आएको धम्कीबारे इन्स्टाग्राममा आफ्नो र राजापल यादवको लुक्सको फोटो सेयर गर्दै लेखेकी छन् ‘राजपाल यादवप्रति कसैको केही आपत्ति रहेन। तर, जब मैले यो लुक क्रिएट गरे, मलाई मानिसहरूले बिना कुनै कारण ज्यान मार्ने र बलत्कारको धम्की दिइरहेका छन्।’

उर्फीले थप लेखेकी छन् ‘मैले दश वर्ष अघिको फिल्मको लुक क्रियट गर्दा केही धर्मको रक्ष्ँक भनिने मानिसहरू उठेका छन्। कुनै पनि कपडाको रङ र फूलले कुनै धर्मको प्रतिनिधित्व गर्दैन। उनको सो तस्वीर सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। केही व्यक्ति तथा कलाकार उनको पक्षमा बोलिरहेका छन्।