संगीतमा मानसराजको मुड फ्रेस



भाइरल भइदियो बोलको हिट गीतका गायक मानसराज बोहराको नयाँ गीत मुड फ्रेस हालै सार्वजनिक भएको छ।
गीतमा शब्द रचना, संगीत र स्वर मानसराजकैै छ।

गीतमाथि बनेको भिडियोमा अर्कै संसारकी प्रेमिकाको मायामा परेका एक प्रेमीको रोमान्टिक प्रेम कहानी देखाइएकोछ।
सरोज अधिकारीको कोरियोग्राफी र निर्देशनमा बनेको भिडियोमा उनका साथमा आश्मा विश्वकर्माको रोमान्टिक अभिनय रहेको छ।

भिडियोमा नवराज अधिकारीको छायांकन तथा सुरज अधिकारीको सम्पादन रहेको छ। गीत मुड फ्रेस कार्टुन क्रुज युट्युबबाट रिलिज गरिएको हो।

प्रतिक्रिया दिनुहोस्