दावाको झम्के बुलाकी



गायक दावा तामाङको स्वर, शब्द र संगीत रहेको गीत झम्के बुलाकी भिडियोसहित सार्वजनिक भएको छ। गायक दावाले पहिलोपटक यो गीतमा संगीत भरेका हुन्।

गीतमा पुरुषोत्तम सुवेदीको एरेन्ज, राजेस्ट श्रेष्ठ र दिल समर्पणको रेकर्ड तथा किशोर थापाको मिक्सिङ र मास्टरिङ छ। गीतको भिडियोमा अभिषेक श्रेष्ठ र करिश्मा श्रेष्ठ फिचर्ड छन्।

भिडियोमा दुवैलाई रोमान्टिक भावमा देखाइएको छ। भिडियोमा सुभम भुजेलको कोरियोग्राफी, दीपु कृष्ण डंगोल (दीप्सन) को छायांकन, विवेक सुनारको सम्पादन, श्याम कुँवरको कलर, हरि महर्जन (हेरी) को क्रिएटिभ डाइरेक्सन र कुवेर तामाङको निर्देशन छ। भिडियो टंक पौडेल र नेहा क्षेत्रीले निर्माण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्