उमेर १७ भयो खतरा



गायक–गायिका राजेश बर्देवा र प्रिती आलेद्वारा स्वरबद्ध गीत उमेर सत्र भयो खतरा सार्वजनिक भएको छ।
प्रतिभा शर्माको शब्द रचना तथा प्रिय कुमारको संगीत रहेको गीतको एरेन्ज केशव बडुले गरेका छन्।

गीतको भिडियोमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री प्रियंका कार्कीले अभिनय गरको छन्। निकै तामझामसहित रेष्टुरेन्टको माहोलमा तयार भिडियोमा आकाश र प्रियंकाको नृत्य आकर्षक छ ।

गीतले १७ वर्षको उमेर युवतीले आफ्नो जोवन सम्हाल्नुपर्ने, यो समय अनेक खतराको सामना गर्नुपर्ने र त्यो सामना गर्न नसके जीवनै संकटमा पर्ने सन्देश समेटेको छ भने भिडियोले गीतको सन्देशलाई सिँगार्ने काम गरेको छ।
गम्भीर विष्टको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन र प्रवीण भट्टको सम्पादन रहकेो छ।

भिडियो गायक बर्देवाको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। गीतले दर्शक श्रोताले मन पराउने अपेक्षा आफूले गरेको गायक बर्देवाले बताए।

प्रतिक्रिया दिनुहोस्