अपी हिमालमा खिचिएको भिडियो सार्वजनिक



काठमाडाैं ।

दार्चुला जिल्लामा पर्ने सुदूरपश्चिमको सबैभन्दा अग्लो हिमशृंखला अपी हिमालमा पहिलोपटक छायाँकन गरिएको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

मौसमका कारण धेरै एडभेन्चर शोले समेत छायांकन गर्न नसकेको करिब सात हजार एक सय ३२ मिटर उचाइको हिमालको बेस क्याम्पमा आए म त बोलको गीतमाथि कलाकार एवम निर्देशक राजु भट्टले भिडियो सुटिङ गरेका हुन्। काठमाडाैंको वसन्तपुरदेखि दार्चुलाको अपी हिमालसम्मको दृश्य समेटेर तयार पारिएको भिडियो निर्माण गर्न २ हप्ता लागेको निर्देशक भट्टले जानकारी गराए।

धनगढीकी स्थानीय कलाकार बोन्दिता धामी र दार्चुला अपीका स्थानियको साथमा राजु भट्टको अभिनय रहेको भिडियोले नेपालको प्राकृतिक सौन्दर्यतालाइ एउटा दरिलो श्रब्य दृश्य मार्फत प्रस्तुत गरेको छ। म्युजिक नेपालको युट्युब च्यानल र मोमो एपमार्फत एकसाथ सार्वजनिक गतिमा राजु भट्टको शब्द रचना र संगीत तथा मानश्वी मालाकारको एरेन्ज रहेको छ भने यसमा राजु र ममता गुरुङको स्वर रहेको छ।

प्रतिक्रिया दिनुहोस्