काभ्रेमा एमाले नेताहरु चढेको गाडी दुर्घटना : ७ जना घाइते

0
Shares

काभ्रे। 

शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम समापन गरी खानिखोला गाउँपालिकाबाट बनेपा तर्फ आउँदै गरेको  वा १४ च ७०७७  नम्बरको बोलेर पल्टँदा एमाले नेताहरु घाइते भएका छन् ।

बेथान्चोक गाउँपालिका वडा नम्वर १ गुवाभन्ज्याङ्गको उकालोमा ब्रेक नलाग्दा ब्याक भएको गाडी भित्तामा ठोक्काएर पल्टाएको घाइते संविधान सभा सदस्य रामहरी सुवेदीले बताए ।

गाडीमा एमाले नेताहरु पूर्व सांसद नविना लामा, एमाले बागमती प्रदेश कमिटी उप सचिव भक्तकुमारी लामा लगायतका नेताहरु थिए । घाइते संविधान सभा सदस्य रामहरी सुवेदीका अनुसार बोलेरोमा १७ जना थिए । ७ जना घाइतेलाई तत्काल  उद्धार गरी अस्पताल पठाइएको छ । स्थानीयहरु, प्रहरी र जनप्रतिनिधिहरुले उद्धार गरी घाईतेहरुलाई अस्पताल पठाएका हुन् । घाईतेहरुलाई बनेपा र धुलिखेल ल्याउने क्रम जारी छ ।