कास्कीमा बस दुर्घटना हुँदा १६ जना घाइते

0
Shares

कास्की । 

कास्कीको पुम्दीभुम्दीमा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । पोखरा–१७ छोरेपाटनबाट  पुम्धिकाेट तर्फ जाँदै गरेको ग १ ख ८५८५ नम्बरको बस घैयाखेत भन्ने ठाउँमा दुर्घटना भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रवक्ता शिव प्रसाद पाठकका अनुसार घाइते मध्ये ४ जनाको अवस्था मध्यम रहेको छ।

घाईतेहरुलाई उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगायतका नजिकका अस्पतालहरूमा लगिएको  छ ।

पोखरा यातायात प्रालिको उक्त बस शान्ति स्तुपा हुँदै पुम्धिकाेट स्थित महादेव मन्दिरसम्म चल्ने बस हो । बस सडकबाट १० मिटर तल खसेको अवस्थामा उद्धार गरिएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।