मित्रमिलन सहकारीका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत पक्राउ


पोखरा ।

पोखराको मित्र मिलन बचत तथा ऋण सहकारी लिमिटेडका अध्यक्ष रमण पौडेल र प्रमुख प्रशासकीय अधिकृत किरण अधिकारी प्रक्राउ परेका छन् ।

उनीहरुलाई बैंकिङ कसुरमा शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका इन्स्पेक्टर सूर्य रानाले जानकारी दिए ।

बचतकर्तालाई दिइएको चेक बाउन्स भएपछि उनीहरुको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । सहकारीभन्दा पनि बैंकिङ कसुरमा पक्राउ गरिएको हो  । थप अनुसन्धान भइरहेको छ ।