मकवानपुर बस दुर्घटना अपडेट : घाइते ३६ जनाको हेटौँडा अस्पतालमा उपचार हुँदै

0
Shares

काठमाडौँ।

मकवानपुरको बकैया गाउँपालिका ५ तीनतलेमा शुक्रवार यात्रुवाहक बस दुर्घटना हुँदा बसमा सवार ३६ जना घाइते भएका छन् । उनीहरुको उपचार मकवानपुरको हेटौडा अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

धरान चतरा सडकखण्ड अन्तर्गत हेटौँडाबाट जुरेलीतर्फ जाँदैगरेको ना ४ ख ३९८८ नम्बरको बस तीनतले ओरालोमा अनियन्त्रित भइ सडकबाट १५ मिटर तल खसेर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा मकवानपुर बकैया गाउँपालिका–६ सुधा बस्ने ३१ बर्षीय सुभद्रा सुनार, उनको छोरा ६ बर्षीय सफल बिक, बकैया–५ का ३२ बर्षीय सौगात लामा, उनको छोरी ६ बर्षीय शारदा बोलन, बकैया–७ बस्ने २० बर्षीय शुस्मा माझी, १५ बर्र्षीय प्रतिमा माझी, बकैया–५ का ६३ बर्षीय रामप्रसाद चौलगाई, बकैया–७ ज्यामिरेका १५ बर्षीय रविन बल, छतिवनका ३४ बर्षीय चन्द्रमाया रुम्वा, उनकी छोरी ७ बर्षीय बर्षा रुम्वा घाइते भएका छन् ।

त्यस्तै बकैया–७ छतिवनका ४० बर्षीय विरबहादुर रुम्वा, बकैया–५ की सुनिता सिलवाल, बकैया–७ का १५ बर्षीय रिस्ता स्याङ्तान, २५ बर्षीय तुले बल, बकैया–५ का ३७ कर्षीय लक्ष्मी थिंङ्, २६ बर्षीय कल्पना गोले, उनको छोरा ५ बर्षीय श्रीयन जिम्वा, बकैया–६ का २७ बर्षीय निमा थिङ्, ५६ बर्षीय चिनिमाया बोम्जन, बकैया–५ बस्ने ४० बर्षीय दिल कृष्ण राई, बकैया–६ बस्ने ६५ बर्षीय मंगल राज माझि, ४२ बर्षीय तुलसा नेपाली घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यस्तै बकैयाका २५ बर्षीय लिला राई, ३४ बर्षीय गिता बि.क, ६० बर्षीय तुलसा माझी, ३२ बर्षीय राधिका माझी, ३४ बर्षीय सावित्रा चौलगाई, २० बर्षीय सुनिता भोम्झन, १८ बर्षीय डोल्मा लोप्चन, बर्दिया खैरहनी गाउँपालिका १२ बस्ने २० बर्षीय अशिम थारु, २५ बर्षीय बिशाल थारु, बकैयाका ४३ बर्षीय उर्मिला राई, ४० बषर््ािय बोल्न नसक्ने एक व्यक्ति, ३० बर्षीया जानुका माझी, उनको छोरी ६ बर्षीया अन्जली माझी, छोरा ३ बर्षीय रोमियो माझी घाइते भएका छन्।

प्रहरीका अनुसार घाइतेहरुको टाउको, खुट्टा, हात, शरीरको बिभिन्न भागमा चोट लागेको छ।