एउटै पालिकामा दुई जना प्रशासकीय अधिकृत, जनप्रतिनिधि विभाजित 

0
Shares

रौतहट  । 

एउटै पालिकामा दुई जना प्रमुख प्रशासकीय अधिकृत हाजिर भएपछि जनप्रतिनिधि विभाजित भएका छन् । वृन्दावन नगरपालिकामा दुई जना प्रमुख प्रशसकिय अधिकृतक हाजिर भएपछि शुक्रवार एक जनाले खाता संचालन गर्ने र अर्कोले कुर्सी रुङने मात्र काम भएको छ । थप जिम्मेवारी लिएका फतुवा विजयपुर नगरपालिकाका उपसचिव सुरेन्द्र प्रधान र सोही पालिकामा कार्यरत नेपाल स्वास्थ्य सेवा, हेल्थ ईस्पेक्सन समूह अधिकृत स्तर छैटौँ तहका रास नारायण पटेल बिहीबार मात्रै हाजिर भएका थिए ।

उपसचिव सुरेन्द्र प्रधानलाई उपप्रमुख संगिता रामसहित माओवादी र काग्रेसका जनप्रतिनिधि यस्तै नेपाल स्वास्थ्य सेवा, हेल्थ ईस्पेक्सन समूह अधिकृत स्तर छैटौँ तहका रास नारायण पटेललाई नगरप्रमुख विनोद प्रसाद पटेलले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा हाजिर गराएका हुन । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वृन्दावन नगरपालिकामा उपसचिव सुरेन्द्र प्रधानलाई थप जिम्मेवारी दिएको पाँच दिन नबित्दै नेपाल स्वास्थ्य सेवा, हेल्थ ईस्पेक्सन समूह अधिकृत स्तर छैटौँ तहका रास नारायण पटेललाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकिदिएपछि जनप्रतिनिधिहरु विभाजित भएका हुन ।

 प्रमुख प्रशासकीय अधिकृतको हाजिर विषयलाई लिएर प्रमुख र उपप्रमुखले एक अर्कालाई स्वीकार नगर्दा नगरपालिकाको विकास र प्रशासनिक कार्य ठप्प भएको छ । बिहीबार हाजिर भएका नेपाल स्वास्थ्य सेवा, हेल्थ ईस्पेक्सन समूह अधिकृत स्तर छैटौँ तहका रास नारायण पटेलले खाता संचालन गरी शुक्रवार कर्मचारीलाई तलब खुवाएका छन् भने अर्का उपसचिव शुक्रवार कुर्सीमा मात्र सीमित भएका छन् ।

 शुक्रवार खाता संचालन गर्न कोष तथा लेखा नियन्त्रक कार्यालयमा पुगेका उपसचिव सुरेन्द्र प्रधानमाथि नगरप्रमुख विनोद प्रसाद पटेलका कार्यकर्ताहरुले धम्की दिएको वृन्दावन नगरपालिकाका वडानम्बर २ का अध्यक्ष सिकिन्दर पटेलले बताए । उता खाता संचालन गरेका निमित्त प्रमुख प्रशासकीय अधिकृत रासनारायण पटेलले भने आफूले पाएको अधिकार प्रयोग गरी कर्मचारी लाई मात्र तलब खुवाएको बताए ।

 पालिकाहरुमा सुशासन हुन नसक्नु, बेथिति र भ्रष्टाचार मौलाउनु, विकास निर्माण हुन नसक्नु स्वयम सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारी प्रशासन शाखाका कर्मचारी जिम्मेवार रहेको आरोप स्थानीयको  रहेको छ । पालिकामा प्राविधिक, शिक्षा, स्वास्थ्यका कर्मचारीहरु लाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिँदै आएपछि बेथिति, भ्रष्टाचार, मौलाउँदै आएको आरोप रहेको हो ।

 गत असोज २६ गते फतुवा विजयपुर नगरपालिकामा कार्यरत उपसचिव सुरेन्द्र प्रधानलाई स्थानीय सरकार संचालन ऐन ०७४ को दफा ८४ को उपदफा ४ बमोजिम प्रमुख प्रशासकीय अधिकृत हाजिर नभएसम्म काम काजमा सहजीकरण गर्न आर्थीक र प्रशासनिक कार्य सहितको जिम्मेवारी दिइएको थियो भने पटेल लाई कार्तिक १ गते सोही प्रकृतिको पत्र मन्त्रालयले दिएपछि दुबै जनाले प्रमुख प्रशसकिय अधिकृतको जिम्मेवारीमा हाजिर गरेपछि नगरपालिका विवादित बनेको हो ।