व्यक्ति हैन संगठन बलियो बनाऔँ : सभापति रावल

0
Shares

बाजुरा। 

नेपाली काँग्रेस जिल्ला कार्यसमिति सभापति रामसिं रावलले व्यक्ति हैन  काँग्रेस पार्टी बलियो बनाउनु पर्ने धारण व्यक्त गरेका छन्  ।  नेपाल   टे«ड युनियन काँग्रेस बाजुराले आयोजना गरेको  शुभकामना  आदानप्रदान कार्यक्रममा उनले  यसो बताएका हुन् ।

लोकतन्त्रको पर्यायवाची जस्तै नेपाली काँग्रेस लोकतान्त्रिक पार्टीमा व्यक्ति हाबी भएकोले पार्टी संगठन बलियो बनाउन आग्रह गरेका हुन् । ‘लोकतन्त्रमा व्यक्ति गैंण हुन्छ, यहाँ व्यक्ति हाबी हुँदा पार्टी कमजोर बन्दै गएको छ । पार्टीमा सामूहिक जवाफदेहीताको खांचो छ ।  कांग्रेसमा व्यक्ति मौलाएका छन् पार्टी सेलाएको छ । लोकतन्त्रमा व्यक्ति पूजा हैन सामूहिक एकता हुनुपर्छ अनि संगठन सुदृढ हुन्छ ।’उनले भने।

 उनले  चुस्तदुरुत पार्टी संगठन बनाउन आ–आफ्नो क्षेत्रबाट सहयोग तथा खबरदारी गर्न पार्टी कार्यकर्तालाई निर्देशन दिए  ।

 पछिल्लो समयमा काँग्रेस राम्रो बनाउने भन्दा बिगार्नेको जमात बढ्दै गएको छ , पार्टीमा योगदान पुु¥याएका योद्धामा वितिष्णा जागेकोले गाउँ गाउँ घरघरबाट काँग्रेस फेरी जाग्नुपर्ने हुन्छ सभापति रावलले भने  । पद दिदा काँग्रेस खोजेर पद दिऔँ , पद खोजेर काँग्रेस नबनाऔँ।’

उनले  पार्टीमा यो वा त्यो गुट नभई सिङ्गो  नेपाली काँग्रेस बन्न आग्रह गरे  । जिल्लाको पछिल्लो नेतृत्व सहमतिका आधारमा बन्ने छ, सहमति नभए आफू अधिवेशनै नगराउने उद्घोष सभापति रावलको थियो ।

वि.पि. स्मृति भवनको सन्दर्भमा उठेका सवालमा सभापति रावलले भने  बिपी स्मृति भवन पार्टीको स्वामित्वमा छ वा  भाडामा छ भन्ने द्विविधामा रहेको बताए । वि.पि. भवन निर्माणका क्रममा सहकारी संस्थाबाट लिएको ऋण अहिले सम्म चुक्ता नगर्दा पार्टी नै वदनामित हुने खतरा बढेकोले यथाशीघ्र व्यवस्थापन गर्नुपर्नेमा शिक्षक सहकारीका अध्यक्ष विपिन  विष्टले  आग्रह गरेका छन् ।

   त्यस्तै पार्टी संगठन सुदृढ बनाउन हरहिसाबमा चुस्त दुरुस्त हुनुपर्ने । जनप्रतिनीधिले जनताका सवालमा गरेका कामको  मासिक प्रगती विवरण  जिल्ला कार्यसमितिले माग्नुपर्ने, भूकम्प तथा  बाडिपहिरो पिडित , बाटो, पुलपुलेसा र सार्वजनिक जग्गा अतिक्रमण लगायतका जनजीविकाका सवालमा काँग्रेस मौन बस्न नहुने कुरामा बक्ताहरुको जोड थियो ।

    पार्टीभित्र  मासिक चौमासिक समीक्षा गर्नुपर्ने र   जनप्रतिनिधि जनताप्रति बढिभन्दा बढी उत्तरदायी बनाउन पार्टी सभापतिले समन्वय गर्ने पर्ने कुरा  बडिमालिका नगरपालिकाका नगर सभापति गोपाल कार्कीले सुझाए ।

    नेपाली काँग्रेसले गरेका राम्रा काम जनता समक्ष प्रस्ट पार्न नसकेको , पार्टीको बदनाम गराउने काम रोक्नुपर्ने । पार्टीसंगठन भातृसंस्थाहरु चलायमान बनाउन पर्ने धारणा नेविसंघ जिल्ला अध्यक्ष जनक बहादुर थापाको थियो ।

   पछिल्लो समयमा बाजुरा ट्रेडयुनियन काँग्रेसले पेसागत हकहितका लागि पैरवी गर्दै आएको र स्थानीय उत्पादनलाई नेपाली बजारमा लैजान विभिन्न प्रयास जारी रहेको ट्रेडयुनियन काँग्रेस बाजुराका अध्यक्ष चक्र थापाले जानकारी गराए।  नागरिकलाई समस्या पर्दा नेताले ढाडस दिनुपर्ने  अध्यक्ष थापाको भनाई थियो।

त्यसैगरी नेपाल शिक्षक महासँघका  पूर्वअध्यक्ष जनक वहादुर शाहीले ईकडीमा समस्या परेको कांग्रेसलाई बिच्छ्याको  थाह होस् भने  । विभिन्न पेसागत संगठन मार्फत जिल्लाको विकास र समृद्धिमा नेता कार्यकर्ता एकजुट भएर लाग्न  शाहीले अभिप्रेरित  गरे  ।

शुभकामना आदान प्रदान कार्यक्रम जिल्ला अध्यक्ष चक्र थापाको अध्यक्षतामा सञ्चालन भएको थियो भने प्रमुख अतिथी नेपाली कांग्रैस जिल्लाकार्य समिति सभापति रामसिंह रावल र्र्हेका थिए ।

    शुभकामना कार्यक्रमले एक आपसमा विचार व्यक्त गर्ने  बाझिएका मन  माझेर भावी कार्य दिशा अघि बढाउन सहज हुने कुरा कार्यक्रमका सञ्चालक एवं  ट्रेडयुनियन काँग्रेस जिल्ला कार्य समिति  सचिव मथुराराज पण्डितले जानकारी गराए ।

शुभकामना आदान प्रदान कार्यक्रममा पार्टीका नेता कार्यकर्ता शुभेच्छुक ,भातृभगिनी संस्थाका प्रतिनीधिहरु पत्रकार लगायतका बौद्धिक क्षेत्रका विभिन्न व्यक्तिको उपस्थिति रहेको थियो । कार्यक्रम नेपाली काँग्रेस नगर कार्यसमितिको सभाहल मार्तडीमा सम्पन्न भएको हो ।