प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा सापकोटा नियुक्त

0
Shares

काठमाडौँ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको परराष्ट्र सल्लाहकारमा रुपक सापकोटा नियुक्त भएका छन्।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सापकोटालाई परराष्ट्र सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

सापकोटाले चीनबाट पीएचडी गरेका छन्।