जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

0
Shares

काठमाडौं।

ललितपुर, महालक्ष्मी नगरपालिका-४ गजान्द टोलस्थित रेनुका राईको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा गोदावरी नगरपालिका-१२ ठैव बस्ने ४५ वर्षीय सुब्बा तामाङ समेत ७ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८३ हजार ५० रुपैयाँसहित पक्राउ गरेको हो ।

काठमाडौं, चन्द्रागिरी नगरपालिका-१४ नैकाप आर्केट कोलोनीस्थित निर्माणाधिन घरमा जुवातास खेलिरहेको अवस्थामा मकवानपुर थाहा नगरपालिका-२ घर भएका ४० वर्षीय मान बहादुर देउला समेत ८ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी प्रभाग नैकापबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ हजार ८ सय ३५ रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो ।
दुबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।