यसपटकको दशैंमा मौसम सफा

0
Shares

काठमाडौं । 

यसपटकको दशैंमा मौसममा सुधार भई सफा रहने भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले यसपालिको दशैंमा मौसम सामान्यतया सफा रहने स्पष्ट पारेको हो ।

महाशाखाका मौसमविद् रोजन लामिछानेले दशैंमा मौसम सफा रहने जानकारी दिँदै भन्नुभयो– ‘दशैंमा मौसम सफा रहने देखिन्छ । देशका पहाडी भेगका एक÷दुई स्थानमा बदली र हल्का वर्षा रहे पनि सामान्यतया दशैं अवधिमा मौसम राम्रो रहने देखिन्छ ।’

महाशाखाले शुक्रबारदेखि मौसमका बारेमा दशैंको विशेष बुलेटिन जारी गर्ने तयारी गरेको छ । मौसमी अवस्थाबारे विज्ञहरूबीच छलफल भइरहेकाले छिट्टै दशैं बुलेटिन आउने मौसमविद् लामिछानेले बताउनुभयो ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जसका कारण अहिले देशका पहाडी भू–भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङगसहित हल्का वर्षाको सम्भावना रहे पनि देशभरको मौसमयमा सुधार भएर जाने र दशैंमा कुनै प्रकारको वर्षा नहुने विभागले स्पष्ट पारेको छ ।