यस्तो छ उपप्रधानमन्त्री श्रेष्ठको मेडिकल सर्टिफिकेट

0
Shares

काठमाडौं ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे पेकिंग युनियन मेडिकल कलेज अस्पताल, बेइजिङुले बिहीबार दिउँसो मेडिकल सर्टिफिकेटु जारी गरेको छ।

श्रेष्ठलाई एक्युट मायोकार्डियल इन्फेक्शनु भएको र आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा ओब्टस मार्जिनल शाखामा अवरोध देखिएको अस्पतालले जनाएको छ। उनको मुटुको बायाँ धमनीमा महत्त्वपूर्ण स्टेनोसिसु देखिएको र त्यसलाई कम गर्न तुरुन्तै स्टेन्टु राखिएको समेत अस्पतालले जनाएको छ।

श्रेष्ठ अहिले निरन्तर निगरानी र उपचारका लागि मेडिकल आईसीयूमा रहेका र उनी स्थिर अत्यावश्यक संकेतहरूका साथ पूर्ण रूपमा सचेत रहेका पनि अस्पतालले जनाएको छ। तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)मा सहभागी हुन चीनको बेइजिङ पुगेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुधबार राति १ बजे हृदयघात भएको थियो। चिनियाँ सरकार र पार्टीका उच्च अधिकारीहरूले उच्चतम प्रविधि अपनाउन र उनको उपचारमा विशेष ध्यान दिन अस्पताल प्रशासनलाई निर्देशन दिएका छन्।