बाघको छाला र लागूऔषधसहित तीनजना पक्राउ

0
Shares

कैलाली ।

धनगढी उपमहानगरपालिका-४ सहिद गेटस्थित जुमेरा होटलबाट ७ फिट ६ ईन्च लम्बाई, १ फिट १० ईन्च चौडाई भएको बाघको छाला १ थान र अवैध लागूऔषध चरेश ६ किलो ७ सय ४० ग्रामसहित ३ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बैतडी मेलौली नगरपालिका-३ बस्ने २४ वर्षीय करन चन्द, बाजुरा गौमुल गाउँपालिका-१ बस्ने २६ वर्षीय धन कृष्ण रोकाया र बुढिगंगा नगरपालिका-१० बस्ने ३० वर्षीय हेम राज जैशी रहेका छन् ।

विशेष सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालय धनगढी, लागूऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगर र वडा प्रहरी कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उक्त होटलमा तलासी गर्ने क्रममा उनीहरूलाई उक्त छाला र लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे  छ ।