काठमाडौं ।
गैर आवासीय नेपाली संघ (एनआरएन) विश्व सम्मेलनपछिको निर्वाचन तालिकामा हेरफेर भएको छ । दोश्रो दिन बुधबार निर्वाचन प्रक्रिया सुरु भएको छ । रातिका १२ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गरिसक्नुपर्ने छ ।
यसै गरी १२ः३० बजेसम्म मा उम्मेदवारको नामावली प्रकाशन गरिएको छ । १२ः३० देखि १ः३० सम्म उम्मेदवारमाथी दाबी विरोधको समय रहेको छ । ४ बजे उम्मेदावरको अन्तिम नामावली प्रकाशन गरी बेलुकी ५ बजेदेखि १० बजेसम्म मतदान गरिने निर्वाचन आयुक्तको कार्यालयले जानकारी दिएको छ ।
मतदान सकिएको केही समयपछि उम्मेदवारहरुबीच सहमतिका आधारमा मतगणना सुरु गरिने एनआएन निर्वाचन कार्यालयले जानकारी दिएको छ । मंगलबारबाट सुरु भएको विश्व सम्मेलनमा विश्वभरीबाट ८१ देशबाट करिब २६ सय १३ मतदाताले रजिष्ट्रेसन गरेका छन् । विद्युतीय मतदान हुने भएकाले निर्वाचन परिणाम २ घण्टामा नै आउने बताइएको छ ।
प्रतिक्रिया