बैतडीमा जिप र कार आपसमा ठोक्किँदा दुर्घटना


बैतडी ।

बैतडीमा जिप र कार एकआपसमा ठोक्किएर दुर्घटना भएको छ। महाकाली राजमार्ग अन्तर्गत जिल्लाको दोगडाकेदार गाउँपालिका–३ तारल भन्ने स्थानमा जिप र कार एकआपसमा ठोकिएर दुर्घटना भएको हो।

खोचलेकबाट सतबाँझतर्फ आइरहेको म १ ज १४४ नम्बरको बोलेरो जिप र धनगढीबाट दार्चुलातर्फ गइरहेको बा १२ च २६१८ नम्बरको कार बुधबार साँझ एकआपसमा ठोक्किएका हुन्।

दुर्घटनाबाट सवारी साधनमा सामान्य क्षति भएपनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए। जिपमा सवार ५ जना र कारमा सवार ४ जना गरी सबै ९ जना यात्रुहरु सकुशल रहेका उनले बताए।