सचेतना कार्यक्रममा उदयपुर प्रहरीको सक्रियता

0
Shares

उदयपुर ।

 जिल्ला प्रहरी कार्यालय  उदयपुरले जिल्लाभित्र आफ्नो इकाईहरु मार्फत विभिन्न स्थानमा सचेतना मूलक कार्यक्रमलाई जोडतोडका साथ अघि बढाएको छ ।
समाजमा विभिन्न प्रकारका सचेतना मूलक कार्यक्रम लिएर गाउँ घरमा गै नागरिकको हक अधिकार संरक्षणमा र कानुनी विषयमा समेत प्रहरीले सचेतना जगाउने काममा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दे आएको छ ।

उदयपुर प्रहरीले असोज महिनाभरिमा जिल्लाका विभिन्न पालिकाका विभिन्न वडाहरुमा आफ्ना इकाई कार्यालयहरु मार्फत स्थानीय जनतामा सचेतना कार्यक्रम गर्न थालेपछि समाजमा हुने विभिन्न प्रकारका घटना कम हुने गरेको बताइएको छ ।

उदयपुर प्रहरीले समुदायमा गएर सवारी दुर्घटना न्यूनीकरण सचेतना कार्यक्रम,लैंगिक हिंसा न्यूनीकरण, लागु औषध दुर्व्यसन सुरक्षा सम्बन्धी, बालबालिका आधारभूत सुरक्षा सम्बन्धी सचेतना मूलक कार्यक्रम सञ्चालन गरेको छ ।

 यसैगरी अबैध गाँजाखेती नष्ट गर्ने, रक्तदान कार्यक्रम, सरसफाई, आत्म हत्या न्यूनीकरण सचेतना कार्यक्रम, मानव वेचविखन विरुद्धको सचेतना कार्यक्रम, नागरिक सुवाई कार्यक्रम, डेंगु रोकथाम तथा न्यूनीकरण कार्यक्रम, बालयौन तथा यौनजन्य अपराधका विषयमा पनि सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।

समाजमा हुने विभिन्न प्रकारका  अपराध नियन्त्रण मात्र नभएर व्यापारिक क्षेत्रमा हुने अबैध मालसामान बिक्री वितरणमा रोक लगाउन चेकजाँच गर्ने, ६८ औँ प्रहरी दिवसको अवसरमा अन्तर विद्यालय स्तरमा समुदायमा प्रहरीको भूमिका विषयक निबन्ध प्रतियोगिता, समेत सम्पन्न गरेको छ ।

 यातायात व्यवसायीका लागि टाइम कार्ड लागू , जातीय भेदभाव सम्बन्धी सचेतना कार्यक्रम, क्युआर कोड सहितको सेवालाई थप विस्तार, बाल विवाह बहु विवाह सम्बन्धी सचेतना मूलक कार्यक्रम सञ्चालन गरी सचेतना अभियानलाई तीव्रताका  साथ अघि बढाएको छ ।

यसैगरी सामाजिक सञ्जालको दुरुपयोग समबन्धि सचेतना कार्यक्रम, अल्प संख्यक जातीसँग प्रहरी कार्यक्रम, फुटपाथ अतिक्रमण जस्ता कार्यक्रम सञ्चालन गरेर प्रहरीले आफ्नो सेवालाई व्यापक विस्तार गरिरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।