ब्रोकर कमिसन घटाउने बोर्डको निर्णय

0
Shares

काठमाडौं ।

नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउने निर्णय गरेको छ । करिब १० देखि १२ प्रतिशतका दरले कमिसन घटाउने निर्णय गरेको जनाईएको छ ।

बोर्डको निर्णय अनुमोदनका लागि अर्थ मन्त्रालय पठाउने तयारी भईरहेको स्रोतको जनाएको छ। यसअघि बोर्डले साढे २ वर्षअघि ब्रोकर कमिसन घटाएको थियो ।

धितोपत्र बोर्ड २०७७ पुस १२ गतेदेखि लागू हुने गरेर ब्रोकर कमिसन ३३ प्रतिशत देखि ६० प्रतिशतसम्मले घटाएको थियो ।जसअनुसार लगानीकर्ताले ५० हजार रुपियाँसम्मको कारोबारमा ०.४० प्रतिशत ब्रोकर कमिसन तिर्दै आएका छन् ।

त्यस्तै, ५० हजार रुपियाँदेखि ५ लाख रुपियाँसम्मको कारोबारमा ०.३७ प्रतिशत कमिसन बुझाईरहेका छन् । ५ लाख रुपियाँभन्दा माथि २० लाख रुपियाँसम्मको कारोबारमा ०.३४ प्रतिशत र २० लाख भन्दा माथि १ करोड रुपैयाँसम्मको कारोबारमा ०.३०५ कमिसन लगानीकर्ताले तिर्दै आएका छन् ।

त्यस्तै, १ करोड भन्दामाथि जतिसुकै कारोबारमा पनि ०.२७ प्रतिशत ब्रोकर कमिसन लाग्दै आएको छ । सरकारी वा संस्थागत ऋणपत्रको खरीद बिक्रीमा पनि ५० हजार रुपियाँसम्म ०.१० प्रतिशत, ५० लाख रुपैयाँसम्ममा ०.०५ प्रतिशत र ५० लाख माथिको कारोबारमा ०.०२ प्रतिशत सेवा शुल्क लिन पाइने व्यवस्था छ ।