१ हजार ३०० रुपैयाँले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ काराेबार ?

0
Shares

काठमाडौं ।

नेपाली बजारमा बुधबार सुनचाँदीको भाउ बढेको छ । बुधबार सुन तोलामा १ हजार ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार छापावाल सुन तोलामा १ हजार ३०० रुपैयाँले बढेर १ लाख १३ हजार २०० रुपैयाँमा कारोबार भइरहको छ । मंगलबार छापाावाला सुन तोलामा १ लाख ११ हजार ९०० रुपैयाँमा कारोबार भएको हो । त्यस्तै, बुधबार तेजाबी सुन तोलामा १ लाख १२ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार १ लाख ११ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।यसैगरी, बुधबार तोलामा ३५ रुपैयाँले बढेर चाँदी १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि मंगलबार चाँदी तोलाको १ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।