प्रधानमन्त्रीले गरे मुक्तिनाथ मन्दिर र कोरला नाकाको अवलोकन

0
Shares

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरला नाका, मुक्तिनाथ मन्दिर र कागबेनीको निरीक्षण गरेका छन् । मुस्ताङका नागरिकसँग जलवायु परिवर्तनको असरबारे अन्तरक्रिया गर्न मुस्ताङ पुगेका उनी नाका निरीक्षणका लागि गएका हुन् ।

उनी ८ बजेतिर नेपाली सेनाको हेलिकोप्टर मार्फत जोमसोम अवतरण गरेका थिए । त्यहाँ उनलाई मुस्ताङे जनताले भव्य स्वागत गरेका छन् । कोरला निरीक्षण गरेर फर्किएपछि जोमसोममा जलवायु परिवर्तनको असरबारे छलफल गर्ने कार्यक्रम छ ।

गत साउन २८ गते कागबेनीमा बाढी आएको थियो । नेपालकै सबैभन्दा कम पानी पर्ने कागबेनीमा बाढी आएपछि विश्व समुदायको ध्यानाकर्षण भएको छ । मुस्ताङ रेन स्याडो जोन हो । तर आजभोलि वर्षा धेरै हुन थालेको छ ।