इजरायलबाट भारतीय विमानमार्फत १८ नेपाली नयाँदिल्ली आइपुगे

0
Shares

काठमाडौं ।

युद्धग्रस्त इजरायलबाट भारतीय विमानमार्फत १८ जना नेपाली स्वदेश फर्कदै छन् । भारत सरकारको इजरायलबाट भारत फर्काउने अभियान‘अपरेशन अजय’ अन्तर्गत उनीहरू नेपाल फर्किएका हुन ।

भारतका लागि नेपाली राजदूत शंकर शर्माले १८ जना नेपालीहरु भारतको नयाँदिल्ली आइपुगेको जानकारी सामाजिक सन्जालमार्फत् दिएका छन् । उनीहरुलाई राजदूत शर्माले नयाँदिल्लीमा स्वागत गरेका थिए ।

दशैंका बेला घर फर्किन पाएकोमा नेपालीहरु उत्साहित रहेको र उनीहरुलाई घरसम्म जान गाडीको व्यवस्था गरिएको राजदूत शर्माले जानकारी दिएका छन् ।

यसअघि नेपाल सरकारले काठमाडौंबाट नेपाल एयरलाइन्सको हवाईजहाज इजरायलको तेलअविव पठाएर २५४ नेपालीहरुको उद्धार गरेको थियो ।