रथीमा पाण्डेको बढुवा सिफारिस

0
Shares

काठमाडौं।

पाली सेनामा अवको प्रधानसेनापति हुने भन्ने टुंगो लागेको छ । बर्तमान प्रधान सेनापति प्रभुराम शर्माले अनिर्वाय अवकास पाएपछि नयां प्रधान सेनापतिको रुपमा उपरथी ताराध्वज पाण्डे प्रधानसेनापति हुने टुंगो लागेको हो । हाल युद्ध कार्य बिभागको निर्देशकको रुपमा रहनु भएका उपरथी पाण्डेको बढुवाकालागि सैनिक मुख्यालयले रक्षा मन्त्रालयलाई सिफारिस गरेको छ । रथीमा बढुवाकालागि ७ दिने सुचना प्रकाशन गरिएको छ ।

हालका रथी सरोजप्रताप राणाले कार्तिक ११ गते अनिर्वाय अवकास पाउने भएपछि रिक्त रहने रथी पदमा बढुवाकालागि सैनिक मुख्यालयले उपरथी पाण्डेको बढुवाकोलागि सिफारिस गरेको हो । रथी राणा आइतबार देखि विदामा बसी सक्नु भएको छ । अब्बल सैनिक अधिकृतको रुपमा चिनिनु भएका उपरथी पाण्डेलाई रथीमा बढुवाकालगि रक्षा मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषदमा पेश गरेपछि त्यसपछि बस्ने मन्त्रिपरिषदको बैठकले उहांलाई रथीमा बढुवा गर्ने भएको छ ।

नेपाली सेनाको बिभिन्न युनिट देखि गण, बाहिनी र पृतनाको कमाण्ड गरी सक्नु भएका पाण्डे नेपाली सेना भित्र निश्चल छवी भएको अधिकृतको रुपमा चिनिनु हुन्छ । अन्यथा नभए उहांले २०८१ भदौ पछि नेपाली सेनाको कमाण्ड सम्हाल्नुहुने भएको छ । उहां नेपाली सेनाको ४५ औं प्रधानसेनापतिको रुपमा कार्य गर्नुहुने भएको छ ।