नेपाल एक गोलले अगाडि

0
Shares

काठमाडौं।

फिफा विश्वकप छनोट प्रारम्भिक चरणको दोस्रो लेगमा नेपालले लाओसविरुद्ध एक गोलले अग्रता लिएको छ ।

लाओसको न्यु लाओस इन्टरनेशनल स्टेडियममा भइरहेको खेलको ५३औं मिनेटमा मनिष डाँगीले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् । अन्जन विष्टको क्रसलाई सदुपयोग गर्दै मनिषले नेपाललाई अग्रता दिलाएका हुन् ।

अघिल्लो चरण प्रवेश गर्न नेपाललाई आजको खेल जित्नुपर्ने दबाब छ । दशरथ रंगशालामा भएको पहिलो लेगको खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।