नेपाल प्रहरीद्वारा नगदसहित एरिका गुरुङलाई सम्मान

0
Shares

काठमाडौं ।

१९औं एसियन गेम्समा करातेलाई ऐतिहासिक रजत पदक दिलाएकी एरिका गुरुङलाई नेपाल प्रहरीले नगदसहित सम्मान गरेको छ।

नेपाल प्रहरीले म‌ंगलबार एक कार्यक्रम गर्दै एरिकालाई १ लाख ५१ हजार रुपैयाँले सम्मान गरेको हो। नेपाल प्रहरीकी एरिकाले एसियन गेम्सको इतिहासमा करातेलाई पहिलो रजत पदक दिलाएकी थिईन्।

यसअघि एरिका गुरुङलाई नेपाल सितोरियो कराते महासंघका अध्यक्ष निवासगोपाल वैद्यले २ लाख रुपैयाँले सम्मान गरेका थिए।