प्रहरी निरीक्षक सरिता विश्वकर्मा सम्मानित

42
Shares

काठमाडौं ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले ६८औँ प्रहरी दिवस २०८० का अवसरमा  विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी, प्रहरीलाई सहयोग पु¥याउने विभिन्न व्यक्तिलाई पुरस्कृत गरेका छन्।

साेही अवसरमा नेपाल प्रहरीको निरीक्षक पदमा कार्यरत सरिता विश्वकर्मा सम्मानित भएकी छन् । उनलाई नेपाल प्रहरी दिवसको अबसरमा महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाबाट सम्पादन हुने कार्यको मुल्यांकन गरी नेपाल प्रहरीका प्रहरीका महानिरीक्षक वसन्त बहादुर कुंवरको हातबाट सम्मानित भएकी हुन् ।

महिला बालबालिका तथा जेष्ठ नागरिकमाथि हुने गरेका हिंसाका घट्ना तथा अपराध अनुसन्धानमा चुस्तता ल्याउन तथा बालबालिकाहरूलाई सोधपुछ,तथा अनुसन्धान गर्नका लागि बालबालिका मैत्री वातावरण तयार गरी प्रहरी काम कारवाहीमा चुस्तदुरूस्त छिटो छरितो रूपमा सम्पन्न गर्नका लागि टेवा पुर्याउने उद्देश्यका साथ महिला बालबालिका तथा जेष्ठ नागरिकको स्थापना गरिएको थियो , सोही अनुरूप निरीक्षक विश्वकर्माले उत्कृष्ट कार्य गरे बापत सम्मान गरिएको हाे ।

प्रहरी सहायक निरीक्षकबाट नेपाल प्रहरीमा प्रवेश गरेकी विश्वकर्मापछि नेपाल प्रहरीबाट खुल्ला प्रतिस्पर्धाबाट लिइएको प्रहरी निरीक्षकमा नाम निकाल्न सफल  भएकी थिइन्।