बालबालिकाहरूको मुद्दा नसमेटिएकोमा चिन्ता



काठमाडौं । भोलिका कर्णधार आजका बालबालिकाको मुद्धाहरु मिडियामा आउन नसकेको भन्दै एक कार्यक्रमका सहभागीहरुले दुःख व्यक्त गरेका छन् ।

चाइल्ड नेपाल नामक गैरसरकारी संस्थाले राष्टिय सञ्चारमाध्यम (डेस्क इडिटर, इडिटर)सँंग गरेको अन्तरक्रियामा उनीहरुले कुल समाचारको झण्डै चारदेखि ६ प्रतिशत समाचार मात्रै बालबालिकाहरुको मुद्धामा रहेको बताए । यसमा पनि अधिकांस समाचार औपचारिक कार्यक्रमको मात्रै भएको भन्दै उनीहरुले बालबालिका सम्वन्धी खोज, अनुसन्धानमूलक समाचार प्रकाशित, प्रशारित गर्नुपर्नेमा जोड दिए । साथै उनीहरुले ससाना बालबालिकाहरुको मुद्धामा सञ्चारमाध्यमले समाचार सम्प्रेषण गर्दा विशेष संवेदनशिलता अपनाउनुपर्नेमा पनि जोड दिए ।

कार्यक्रममा डा. कुन्दन अर्यालले आएका चारदेखि ६ प्रतिशत बालबालिका सम्वन्धीको समाचारमा पनि ७८ प्रतिशत समाचार बालबालिकामाथिको दुव्र्यवहारका समाचारहरु रहने गरेको तथ्यांक प्रस्तुत गरे । यसले भोलिका बालबालिकाहरुलाई नकारात्मक सन्देश प्रबाह भइरहेको उनको भनाई थियो ।

कार्यक्रममा बाहखरीका विशेष सम्पादक हरिबहादुर थापाले बालिका बलात्कृत भनेर छापिने समाचारमा पीडकको ठेगाना खोलिदिए पछि पीडित पनि त्यही गाउँकै नै हुने भएर नाम नखुलाए पनि पीडित थप पीडित हुने सुनाए । यसकारण बालबालिका सम्वन्धीका समाचारको लेखन, सम्पादनमा विशेष गाम्भीर्यता अपाउनुपर्ने आवश्यकता उनले औंल्याए ।

कार्यक्रममा सम्पादक थापा र डा अर्यालले दुईवटा प्रस्तुतिहरु दिएका थिए । थापाले बालबालिकाबारेका मुद्धामा हाल चलिरहेको सम्पादन र रिर्पाेटिंगको संवेदनशिलता विषयमा प्रस्तुति दिएका थिए । उनको प्रस्तुति माथि डा अर्यालले टिप्पणी गरेका थिए ।

कार्यक्रममा आयोजक संस्थाका निर्देशक मोहन दंगाल, पत्रकारहरु जनक नेपाल, जुनारबाबु बस्नेत, गंगा विसी, प्रकाश सिलवाल, कृष्ण किसी, दीपेन्द्र श्रेष्ठलगायतका आआफना अनुभबहरु सुनाएका थिए । कार्यक्रममा बिभिन्न मिडियाका डेस्क इडिटर तथा इडिटरहरु सहभागी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्