उदयपुरमा हायस दुर्घटना : १८ जना घाइते, २ को अवस्था गम्भीर 

0
Shares

उदयपुर । 

 जिल्लाको उदयपुर गढी गाउँपालिका वडा नं ७ स्थित अधेरी भन्ने ठाउँमा काठमाडौँबाट झापा जाँदै गरेको माइक्रो हायस गाडी दुर्घटना भएको छ ।

दिउँसो १:३०  बजे भएको सो दुर्घटनामा घाइते भएका १८ जना मध्ये २ जनाको अवस्था गम्भीर  भएकोले थप उपचारका लागि विराटनगर पठाइएको छ ।

बाग्मती प्देश ०१ ००४ क २०७६ नं को हायस गाडीको पछाडि बाया तर्फको टायर खुस्किएर अनियन्त्रित भै दुर्घटना भएको  जिल्ला प्रहरी कार्यालय  उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीले बताए ।

टायर खुस्किएर अनियन्त्रित भएको गाडी ५ मिटर तल खसेर सालको रुखमा ठोक्किएर दुर्घटना भएको र घाइतेहरुलाई उदयपुर जिल्ला अस्पताल गाईघाटमा भर्ना गरिएको सूचना अधिकारी चौधरीले बताए । ।

सो दुर्घटनामा परी घाइते हुनेमा सिन्धुलीको सुनकोशी ५ बस्ने वर्ष २३ को सागर ठकुरी अचेत अवस्थामा रहेकोले थप उपचारका लागि  विराटनगर स्थित न्युरो अस्पताल रेफर गरिएको छ । अर्का पाँचथर जिल्ला फिदिम नपा ५ का ७२ वर्षिय बलवीर बिकलाई पनि थप उपचारका लागि बिराटनगर रेफर गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

अन्य घाइतेहरुमा जिल्ला इलाम सुर्यदय नगरपालिका  ९ बस्ने बर्ष ४० की रेणुका गौताम,उनको छोरा बर्ष १५ को अनुपम आचार्य, झापा शिवसतासि नगरपालिका- १ बस्ने बर्ष ३० को निर्देश भट्टराई, उनको बहिनी बर्ष  १४ की निकिता भट्टराई रहेका छन्।

यसैगरी सुनसरी बराह्रक्षेत्र नपा-  ५ बस्ने बर्ष ३९ को भिम कुमार खत्री,झापा मेची नपा-१० धुलावारी बस्ने बर्ष ३९ की भारती कार्की,उनको  छोरा बर्ष १२ को संयम कार्की, मोरङ पथरी नगरपालिका  बर्ष १४ को निरज निरौला, ललितपुर गोदावारीनगरपालिका- ११ बस्ने बर्ष ४७ को बिजय तामाङ,जिल्ला धनकुटा नगरपालिका ७ हुलाकटोल बस्ने बर्ष ४७ को  रजित श्रेष्ठ, कन्चपुर भिमदत्त नगरपालिका १०बस्ने बर्ष ३४ को मुकेश चन रहेका छन्।

त्यस्तै  झापा धुलाबारी बस्ने बर्ष २७ की अन्जु पोख्रेल, धनकुटा सागुरीगढी गाउँपालिका  ६ बस्ने बर्ष १८ को रोशन राई, सुनसरी धरान उपनपा १७ बस्ने  बर्ष ३० को बिनोद राई,सुनसरी झापा कंकाई नगरपालिका ४ बस्ने बर्ष ३४ को प्रनिश श्रेष्ठ, भक्तपुर सुर्यविनाय नगरपालिका वडा न। नखुलेको देवी दाहालको छोरी वर्ष ८ की आरध्या दाहाल रहेकी छन्।