कानुनी अनुसन्धान समाज नेपाल धुलिखेलले परराष्ट्र मन्त्रीको गरायो ध्यानाकर्षण

0
Shares

काठमाडौँ। 

कानुनी अनुसन्धान समाज नेपाल, धुलिखेलले इजरायलमा सम्पर्कविहीन भएका विपिन जोशीको उद्धारका लागि परराष्ट्र मन्त्रीको ध्यानाकर्षण गराएको छ।

सोमबार समाजका अध्यक्ष आयुष बडालले  मन्त्रीलाई सम्बोधन गरेर जारी गरिएको पत्र बुझाउँदै उपाध्यक्ष अनुज्ञा उप्रेतीसहितको टोलीले परराष्ट्र मन्त्रीलाई विपिन जोशीलाई अविलम्ब उद्धार गरी नेपाल फर्काउनका लागि पहल गर्न माग गरेका छन्।

त्यस क्रममा मन्त्री साउदले जोशीको खोजीकार्य भइरहेको र यथाशीघ्र उद्धार गर्ने प्रतिबद्धता बताएका थिए।

इजरायलमा प्यालेस्टाइनको लडाकू समूह हमासले आक्रमण गर्दा कञ्चनपुरका विपिन सम्पर्कविहीन भएका छन् । उनीसँगैका विद्यार्थीहरूलाई भने सरकारले उद्धार गरेर नेपाल ल्याइसकेको छ । उनका साथीहरूले हमासले गिरफ्तार गरेको बताए पनि उनको बारेमा वास्तविकता अझै खुलेको छैन ।