ललितपुर पार्टी प्यालेसको अध्यक्षमा हिमकिशोर काङमाङ राई

14
Shares

ललितपुर।

ललितपुर रेण्टल क्याटरिङ तथा पार्टी प्यालेस संघको अध्यक्षमा हिमकिशोर काङमाङ राई निर्वाचित भएका छन् ।
संघको हालै सम्पन्न १३ औँ वार्षिक साधारण सभा तथा ७ औँ अधिवेशनले राईलाई अध्यक्षमा निर्वाचित गरेको थियो। राई यस अघि संघको सचिव थिए।

त्यस्तै उपाध्यक्षमा बाबुराजा महर्जन, सचिवमा रोशन घिमिरे, सहसचिवमा नरेन्द्र महर्जन, कोषाध्यक्षमा ईश्वर खड्का र सहकोषाध्यक्षमा अमिरकुमार श्रेष्ठ रहेका छन् ।

कार्यसमिति सदस्यहरु योरजङ कार्की, दिवाकर पोखरेल, विष्णु कारञ्जित, विनोद महर्जन, चेतनाथ बजगाई, सहदेव अधिकारी र सन्दीप श्रेष्ठ छन् ।
यस अघि सम्पन्न साधारण सभाको उद्घाटन सत्रमा संघका  पदाधिकारीहरुले स्थानीय तहले फोहोर उठाउने शुल्क भनी पार्टी प्यालेस व्यवसायीहरुसंग लिदै आएको शुल्क मिनाह गर्नुपर्ने माग अघि सारेका थिए ।